२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाउने सप्तरीका वरूण राम प्रहरी खोरमा

७ पुस, काठमाडाैँ । ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाउने सप्तरीका वरूण राम पक्राउ परेका छन । सप्तरीको बोदे बसाइन नगरपालिका–७, हैटी टोलका ३५ वर्षीया वरूण रामले स्थानीय ६ वर्षीय बालिकालार्इ काखामा राखेर हस्तमैथुन गराइरहेको अवस्थामा भेटेपछि प्रहरीलार्इ खबर गरेर पक्राउ गरिएको हो ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बसाइनले वरूण रामलाई पक्राउ गरी थुनामा राखेको छ । घरपरिवारका सदस्यहरु धान काट्न खेतमा गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने इलाका सप्तरीका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

 

प्रकाशित मिति : 15:49