१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेमा १२ लाख ८२ हजार कित्ता बोनस सेयर सूचीकृत

१६ असाेज, काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको बुधवार १२ लाख ८२ हजार १०८.५३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले १४.००५१४३ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १९:३५