७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रोशी खोलाले खण्डहर बनेको भूमेडाँडा बस्ती (फोटो फिचर)

१६ असोज, काठमाडौँ । पनौती नगरपालिका-१२ स्थित रोशी खोला नजिकको भूमेडाँडा बस्ती अहिले खण्डहर बनेको छ।

लगातारको बर्षाले काभ्रेका रोशी खोलाको किनाराका भूमेडाँडामा रहेको बस्तीका अधिकांश घरहरू बगरमा परिणत भएका छन् भने बाँकी घरहरू पनि बस्न नमिल्ने अवस्थामा छन्।

विपद् गएको आज ६ दिन बितिसक्दा पनि राज्यको संयन्त्र नपुगेको स्थानीयहरूको गुनासो रहेको नगरपालिकाले बताएको छ

बाढीले खेतबारीमा लगाएका अन्नबालीलगायत घर, स्कुल, टिपर, डोजरसम्म बगाएको छ। अधिकांश स्थानीयहरूको उस्तै आवाज ‘हामी जोगियौं, तर सबै गुमायौं अब कसरी उठ्ने हो थाहा छैन।’

हालसम्म पनौती नगरपालिका क्षेत्रभित्र २० जना व्यक्तिहरूको मृत्यु भएको छ। हजारभन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् भने कति सम्पत्ति क्षति भयो आकडासम्म गर्न नसकिएको पनौती नगरपालिकाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : October 2, 2024 at 1:14 pm