१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

गरिबका निम्ति अोली सरकारः सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

६ पुस, हुम्ला । जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम सिमकोटदेखि तीन दिनको दूरीमा रहेको चङ्खेली गाउँपालिका–४ पिप्लाङ गाउँ निवासी तारा शाहीको १० दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी २४ वर्षीया गर्भवतीलाई कर्णाली प्रदेशका सामाजिकमन्त्रीको दल रावलको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेत पु¥याइएको छ ।

पछिल्लो पटक नेकपाका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री भएपछि गरिब र पिछडिएका क्षेत्रका जनताले एयर एम्बुलेन्सको सुविधा पाउँदै अाएका छन । दश दिनअघि नै सुत्केरी व्यथा लागेको र पिप्लाङ स्वास्थ्यचौकीमा भर्ना भएकी शाहीलाई प्रसूतिमा कठिनाइ हुनुको साथै लगातार रगत बगेपछि मन्त्री रावलको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँको ज्यान जोखिममा पर्दै जाने अवस्था आएपछि शाहीको उद्धारको लागि विभिन्न निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

फाइल फोटो ।

विकट गाउँबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा लैजानसमेत तीन दिन लाग्ने भएकाले पनि बिरामीलाई जिल्ला अस्पतालमा लैजान समस्या भएको सुत्केरी शाहीका आफन्त सविता पाल बताउनुभयो । उहाँको अहिले सुर्खेतमा रहेको श्रेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : December 21, 2018 at 11:48 pm