१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेपाल वेयर हाउजिङ्गले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

१५ असोज, काठमाडौँ। नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कामय चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनी संचालक समितिको असोज १४ गते बसेको बैठकले १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त हकप्रद सेयर कम्पनीको विशेष साधारण सभाबाट पारित गरेपश्चात निष्कासन हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १४:०४