२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

ताप्लेजुङमा श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा अाफ्नै श्रीमान पक्राउ

६ पुस, ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा अाफ्नै श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिरिजंगा गाउँपालिकाका २४ वर्षीय युवकलाई श्रीमतिलार्इ जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

उनकी २० वर्षीया श्रीमतीले जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले ती युवकलाई आठराइ त्रिबेणी गाउँपालिका–४ चाँगेबाट पक्राउ गरेको प्रहरी निरीक्षक हेमन्त भण्डारी जानकारी दिए ।

प्रकाशित मिति : 22:24