१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

पटक पटक बलात्कार गरी उल्टै धम्क्याउने पाल्पाका मिनबहादुर बगाले पक्राउ

६ पुस, काठमाडाैँ । एक महिलालार्इ पटक पटक बलात्कार गरी उल्टै धम्क्याउने पाल्पाका मिनबहादुर बगाले पक्राउ परेका छन । प्रहरीले पीडित महिलाको उजुरीको अाधारमा बगालेलार्इ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले बलात्कारपछि आठ महिनाको गर्भ हुँदा समेत धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा निवेदन दिएपछि शुक्रबार रिब्दिकोट गाउँपालिका–४, पाल्पाका ४२ वर्षका मिनबहादुर बगालेलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिकात्मक तस्बीर ।

गएको वैशाख २७ गते नै बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै ४० पर्षकी एक महिलाले प्रहरीमा निवेदन दिएपछि शुक्रबार दिउँसो बगालेलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 21, 2018 at 6:47 pm