१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

होङ्सी, अर्घाखाँची र जगदम्बा सिमेन्ट गुणस्तरहिन, यसरी ठगिदैछन उपभोक्ता

६ पुस, काठमाडाैँ । तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको हो ।

अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन ।

विभागले म्याग्नेसियम बढी भएका सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ । कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ । रासस

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १२:०९