२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कान्तिपुर र कांग्रेसले लुकाउन नसकेको डा रावलको भ्रष्टाचारमा एक दर्जन पत्रकारको साझेदारी

६ पुस, काठमाडाैँ । कान्तिपुर दैनिक र नेपाली कांग्रेसले लुकाउन नसकेको डा तिलक रावलको १० रूपैयाँको पोलिमर नोटको भ्रष्टाचार विशेष अदालतमा पुगेको छ । तत्कालीन अवस्थामा कान्तिपुर लगायत अन्य सञ्चार माध्यमले समेत पोलिमरको भ्रष्टाचारमा साझेदारी गर्दै लुकाउने कोशिश गरेको अख्तियार दुरूपयोग अनुसन्धान अायोगको अनुसन्धानले प्रमाणित गरिसकेको छ । १० रूपैयाँ पोलिमर नोटको भ्रष्टाचारका नाइके नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्र बैंकका तत्कालीन गभर्नर डा तीलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तस्बीरमा विशेष अदातत र अख्तियार दुरूपयोग अनुसधान अायोगको केन्द्रीय कार्यालय ।

आयोगले बिहीबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध दुई करोड ७३ लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले तीनजनाविरुद्ध जनही रु ९१ लाख नौ हजार बिगो कायम गरेको छ । अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, “नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको छ ।”

आयोगको अनुसन्धानबाट बोलपत्रपूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुनेलगायतका गलत गतिविधि भएको पाएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मी समेतलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाइका कार्यादेश दिएकालाई नै बोलपत्रपूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने जस्ता गलत गतिविधि भएको उल्लेख छ ।

अख्तियार स्रोतका अनुसार त्यतिखेर हालको नेकपा निकटका एक वरिष्ठ पत्रकारले नै नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मी समेतलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने कामको संयोजन गरेका थिए । पोलिमरको भ्रष्टाचारमा एक दर्जन पत्रकार र सञ्चार माध्यले समेत साझेदारी गरेको भए पनि अायोगले त्यसतर्फ कारबाहीका लागि अाैँला उठाएको छैन् ।

यद्यपी विशेष अदालतमा मुद्दा परीसकेपछि तत्कालीन अवस्थामा कान्तिपुर दैनिकमै कार्यरत रहेका पत्रकार नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले कान्तिपुरमा भ्रष्टाचार लुकाउन पोलिमरका बारेमा लेखिएको समाचार नयाँ पुस्ताका साथीहरूले प्रश्न गरेरै हैरान पारे भन्दै सामाजिक सञ्जालमा सेयर गरेका छन । ‘साठी वर्षपछि नेपाल पोलिमरमा’ भन्ने शीर्षकमा सुदीप श्रेष्ठको बाइलाइनमा रहेको उक्त समाचार त्यतिखेर सम्पादक नारायण वाग्लेले ठूलै मेहेनतले लेखिएको एकदमै राम्रो स्टोरी किल गरेर छापेको पीडित पत्रकार बताउँछन ।

तत्कालीन अवस्थामा कान्तिपुरमा प्रकाशित पोलिमरसम्बन्धी एउटा समाचार ।

हुनत ठूला भनिएका मिडियाको बिसंगतीका बारेमा यो नाैलो विषय भने होइन । कोहीले जग्गामा अाफूले टेण्डर नपाएपछि सम्बन्धि संस्थाको खोइरो खनेका छन भने कोहीले लोकमानसिंह कार्कीदेखि गोपाल पराजुलीसम्मको कालोधन जम्मा गरेर सत्य लुकाउने कोशिश गर्दै अाएका छन ।

डा रावलले अाफ्नो भ्रष्टार लुकाउन निम्ति अनेकाैँ प्रयास नगरेका होइनन । तत्कालीन फोरम लोकतान्त्रिकलार्इ चन्दा दिएर सांसद बन्नेदेखि नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेशसम्म रावलको अनेकाैँ अारोहअवरोह रहेका छन । यद्यपी कानुन बलियो भएपछि रावलको के नै चल्थो र ? कांग्रेस प्रवेश गर्नेदेखि कान्तिपुर लगायतका सञ्चार माध्यमलार्इ अाफ्नो फेवरमा प्रयोग गरेर पनि भ्रष्टाचार लुकाउन सकेनन् ।

रावल लगायत तीनविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता पश्चात अख्तियारले जारी गरेको विज्ञप्ति ।

प्रकाशित मिति : 09:46