६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी, प्रहरी टोली बनस्थलीमा

६ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका चितवन २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारी ठगीमा मुछीएका रवि लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । स्रोतका अनुसार अदालतको अनुमति लिएर अहिले प्रहरीको एक विशेष टोली लामिछानेको पार्टी कार्यलयमा पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १९:०४