६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ

६ असोज, काठमाडौँ । गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी जोशीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

जोशीलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा लैजाने तयारी भइरहेको छ । सहकारी ठगी छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन सञ्चालक समितिका सदस्यसमेत रहेका जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।

विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर जोशीले समितिमा समेत बयान दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १७:४९