६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

६ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

गेट नखोलेपछि प्रहरीले गेट नाघेरै प्रसाईंलाई पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले असोज २ मा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १६:०५