निर्माण व्यवसायीकाे लापरवाहीमा अाफूलाई नजाेड्न भमा ११ का वडा अध्यक्ष अधिकारीकाे अाग्रह
-गोविन्द घिमिरे
५ पुस, चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ११ मा भएको सडक निर्माणको विषयलाई लिएर आफुलाई विवादमा पार्न खोजिएको प्रति वडा अध्यक्ष बाबुराम अधिकारीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
निर्माण ब्यवसायीको लापहरबाहीका विषयलाई लिएर केहि सञ्चार माध्यमबाट आफ्नो समेतको मिलेमतो भन्दै समाचार प्रशारण भएको भन्दै उक्त घटनाबाट आफु दुखित भएको अधिकारीले बताएका छन् ।स्थानीय उपभोक्ता समिति गठन गरी बसेनीचोकदेखि लामाटोल सम्मको सडक निर्माण गरिएको अध्यक्ष अधिकारीद्धारा आज जारी विज्ञेप्तीमा जनाइएको छ ।
बसेनी चोकदेखि लामाटोल सम्मको सडक कालोपत्रे गर्ने क्रममा निर्माण व्यवसायी पक्षबाट गम्भिर लापहरबाही भएको भन्दै वडा अध्यक्ष अधिकारीले भरतपुर महानगरपालिकाका प्राविधिकहरुको प्रत्यक्ष रोबहरमा निर्माणकार्य अघि बढाउने सहमती भएको प्रष्ट पारेका छन् ।
घटना लगत्तै उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई समेत निर्देशन दिनसक्ने शक्तिशाली अनुगमन समिति गठन गरिएको महानगर प्रमुख र प्राविधिक टोलीलाई निरिक्षण गराइएको तथा निर्माण व्यवसायीलाई स्पष्टिकरण लिदै आगामि दिनमा गल्ती नदोहो¥याउन सचेत गराइएको विज्ञेप्ती मार्फत जनाइएको छ ।

प्रकाशित मिति : 18:35







