६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नुवाकोट कलाकार समाजको अध्यक्षमा प्रचण्ड

६ असोज, काठमाडौँ । नुवाकोट स्थायी घर भएका कलाकारहरू संगठित भएका छन । नुवाकोट कलाकार समाजको नाममा उनीहरूले संगठित हुने घोषणा गरी एउटा कार्यसमिति समेत गठन गरेका छन ।

शनिबार कठमाडौँमा भएको भेलाले प्रचण्ड बाबु राईको अध्यक्षतामा नुवाकोट कलाकार समाज गठन गरिएको सचिव सुनिल थापामगरले जानकारी दिनुभयो । समाजको उपाध्यक्षमा रामचन्द्र रिमाल रहनुभएको छ भने सचिवमा सुनिल थापामगर रहनुभएको छ । यस्तै कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ रहनुभएको छ ।

समाजको सदस्यहरूमा प्रविण डंगोल, साहस शाक्य, सुजित श्रेष्ठ, धुर्ब तमाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोषी कार्की, सन्दिप सिंह थिङ र प्रेम राई रहनुभएको छ । समाजको तीन सदस्यीय सल्लाहकारमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोतम डंगोल रहनुभएको छ भने कानुनी सल्लाहकारमा गोकर्ण पुडासैनी रहनुभएको सचिव थापामगरले जानकारी दिनुभयो ।

उहाँले अहिले उपलब्धको बीचबाट समाजको गठन गरेकाले धेरै अग्रज र अनुजहरू छुटेको जानकारी दिँदै आगामी दिनमा सबै कलाकर्मी समेटेर अघि बढ्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार ०८:४६