राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा दर्ता
५ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर नामक अस्टेलियन कम्पनीका नेपाल प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध जनही ९१ लाख ९ हजार ८ सय ९ रुपैयाँ ५ पैसा बिगो जरिवाना र सजाय दावी गर्दै विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति : 17:17







