७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

इन्द्रजात्राको पाँचौ दिन श्वेतभैरवको मुखबाट प्रसाद खान महिलाहरुको तछाडमछाड

४ असाेज, काठमाडाैँ । बसन्तपुरमा इन्द्रजात्रा अर्थात ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादको रूपमा जाँड खाने चलन छ। वर्षभरि बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुला गर्ने गरिन्छ।

यस द्वादशीको दिन यः सिं ठड्याएपछि इन्द्रजात्रा सुरू हुन्छ र यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुने गर्छ र सात दिनसम्म चल्ने उक्त जात्रामा भैरवको मुखदेखि जाँड–रक्सी पिलाइन्छ।

यधपी, अरू दिन सबैका लागी खुवाउने भए पनि  उक्त जात्रापछि एक दिन चाहिँ महिलाहरूको लागि मात्र खुल्ला गरिन्छ।

प्रकाशित मिति : September 20, 2024 at 2:07 pm