३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बिहीबार पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

३ असोज, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा  पनि सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ११:२४