१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सहकारी प्रकरणमा संसदीय समितिले दिएको सुझावलाई आधार बनाएर कारबाही अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

२ असोज, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले दिएको सुझावलाई आधार मानेर सरकारले कारबाही अगाडि बढाउने बताउनुभएको छ । बुधवार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले सहकारी रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ११:००