७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको मुल्य

१ असोज, काठमाडौँ । साताको तेस्रो बारोबारको दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 17, 2024 at 11:20 am