३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

दीपेन्द्र सोनामको ‘पर्खाई’ सार्वजनिक

३० भदाै, काठमाडौँ । गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा संगीत पनि उनकै रहेको छ । म्युजिक भिडियोमा कलाकारहरू रिस्ता अधिकारी, सोनाम र नरेश लामिछाने फिचर्ड छन्। उत्सव दाहालको छायांकन रहेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन कलर र पोस्टरको कामले प्रचार प्रसार र कलाकारहरुको प्रतिभालाई ध्यानाकर्षण गराएको छ ।

प्रेमिल जोडी लक्ष्मी बर्देवा र जिबन भटराईको निर्देशन र लक्ष्मी बर्देवाको कथामा भिडियो तयार पारिएको हो । भिडियो भवसागर इन्टरटेन्मेण्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सिन्धुपाल्चोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । १० गीतमा स्वर दिइसकेका उनले चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन्

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ११:५१