१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

ललितपुरमा यात्रु बनेर चढेका लुटेराले ट्याक्सी चालकको आँखा फुटाएर गरे लुटपाट

४ पुस, ललितपुर, ।  ललितपुरमा मध्यराति यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालककाे आँखा फुटाएका छन् । बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्काे मंगलबार राति छुरा  प्रहारबाट देब्रे आँखा फुटेको हाे।

ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर काठमाडौंको शंखमुल जाने भनी उक्त ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारी पुलबाट करिडोरको पाँच सय मिटर पश्चिम पुगेपछि चालक खड्कामाथि अचानक धारिलो हतियार प्रहार गरेका थिए। उनीहरूले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको उनले बताए।

प्रहरीका अनुसार लुटेराहरूको आक्रमणबाट चालक खड्काको देब्रे आँखा फुट्नुका साथै टाउकामा गम्भीर चोट लागेको छ। पाटन अस्पतालपछि थप उपचारका लागि घाइते खड्कालाई बुधबार बिहान पौने ४ बजेतिर वीर अस्पतालकाे ट्रमा सेन्टरमा लगिएकाे छ।घटनाको अनुसन्धान सुरु भैरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : December 19, 2018 at 11:14 am