६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड, एकैदिन ३ हजार रुपैयाँ बढ्यो

२८ भदौ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजार रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 13, 2024 at 11:17 am