१० असार २०८३, बुधबार | Wed Jun 24 2026

रमेश कोइरालासहित दश जना कांग्रेसको केन्द्रीय संस्कृति विभागमा मनोनित

२७ भदाै काठमाडाैँ । नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा चितवनका रमेश कोइरालासहित दश जना मनोनित हुनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहनु भएको नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ ।

मनोनित हुनेहरूमा अछामका यज्ञराज उपाध्याय, काठमाडाैँका राजेन्द्र खत्री, काभ्रेका रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र शर्मा, तनहूँका सरोज भण्डारी, ललितपुरका रिसबदेव घिमिरे, सिरहाको शान्ति सदा, पाँचथरको देशु सुहाङ्ग र दैलेखका गणेश हमाल हुनुहुन्छ ।

 

प्रकाशित मिति : September 12, 2024 at 6:23 pm