१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

हाइड्रो एक्स्पोमा दर्जन मुलुकको सहभागिता हुने

३ पुस, काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले आयोजना गर्न लागकोे हिमालयन हाइड्रो एक्स्पोमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

इपानले आज दिएको जानकारीअनुसार मेलामा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, श्रीलङ्का, बङ्गलादेशलगायत देशका कम्पनीले सहभागिता जनाउने भएका छन् । यस्तै नेपालका ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको छ ।

Himalayan-Hydro-Expo-2018

मेलामा जलविद्युत् प्रवद्र्धक निर्माण सामग्री आयातकर्ता,, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासङ्घलगायतले प्रवद्र्धन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इँले जानकारी दिनुभयो । जलविद्युत् उत्पादनका सम्बन्धमा विद्यार्थीले तयार पारेका नयाँ प्रविधिको प्रतिस्पर्धा गराइ पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार २३:२६