१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो?

२६ भदौ, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : September 11, 2024 at 11:12 am