३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

२५ भदौ, अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफुलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् । गृह जिल्ला अछम पुग्नु भएका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ‘आफुलाइ कार्वाहि गरेर देखाउन चुनौति दिएका हुन् ।’


देश जनता र पार्टीले लिएको नितिको पक्षमा आफु द्रिढता पुर्वक खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रब्रितीलाई चुनौती दिन आफु सक्षम रहेको दाबी गर्नु भयो । ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने ब्यबधानका बिषयमा आफु जानकार रहेको ले आफ्नो अडानमा अबिचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।


पार्टी बिचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफू पार्टीको विधि,बिधान र सिध्दान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
पार्टीबाट कार्वाहिको तयारी भईरहेको छ भन्ने सुनिन्छ नी भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘पार्टीको सिध्दान्तलाइ जोगाउनु पर्छ,विधि बिभान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफुलाइ कार्वाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौति दिन्छु ।’ पार्टीले चुनौतिको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।


उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 11:14