७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

दोस्रो दिन पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

२५ भदौ, काठमाडौँ । साताको तेस्रो बारोबारको दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १० रूपैयाँले बढेर प्रतितोला १७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 10, 2024 at 11:13 am