१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

फेरि घट्यो पेट्रोलिय पदार्थको मूल्य, पेट्रोल, डिजल र मट्टितेलमा २/२ रूपैयाँ मूल्य घट्यो

३ पुस, काठमाडाैँ । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अाजरातिबाट लागू हुने गरी समायोजन गरेको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार २०:१५