९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

एमालेले बोलायो सचिवालय बैठक

२४ भदौ, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भदाै २८ गते दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हाे । वार्षिक कार्ययोजना तयार पार्न एमालेले चरणबद्ध बैठकहरु राखिरहेको छ ।

यसअघि गत भदौ १८–१९ मा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गर्नुभएकाे थियाे । उक्त प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : September 9, 2024 at 6:41 pm