११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर तोलामा १२ सय रूपैयाँ घट्यो सुनको भाउ

२३ भदौ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा  ४५ रूपैयाँले घटेर प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा काराबोर भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ११:१४