२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टसहित एक दर्जनप्रहरी विरूद्ध किटानी जाहेरी दर्ता

३ पुस, कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख लगायतका प्रहरी अधिकारीविरूद्धनै किटानी जाहेरी परेको छ । निर्मलाकी अामा दुर्गादेवी पन्तले प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी हुन ।

दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् । प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ ।

प्रकाशित मिति : 15:08