१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

एआईजी ज्ञवालीलगायतले दायर गरेको रिटको पेसी न्यायाधीश मल्ल र चुडालको इजलासमा

२० भदौ, काठमाडौँ । नेपाल प्रहरीमा उमेर ‍हदसम्बन्धी मुद्दाको दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।

सर्वोच्च अदालतमा एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जना  नेपाल प्रहरी अधिकृतहरूले न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा तोकिएको हो ।

उमेर हदका कारण नै अवकाशमा जान लागेका पाँच जना प्रहरी अधिकृतहरूले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए। उक्त सुनुवाइका लागि गत बिहिबार न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको थियो। र त्यसैक्रममा इजलासले अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुबै पक्षलाई बिहिबार बोलाएको हो।

उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लागेका छन्। प्रहरी नियमावली २०७१ बमोजिम एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ। प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा नै अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख गरिएको छ। यस्तो व्यवस्था ऐनमै हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रकाशित मिति : September 5, 2024 at 12:39 pm