३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच छुट सम्झौता

१९ भदाै, काठमाडाैँ । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालि बीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले एयर टिकट खरिदमा ८ प्रतिशतसम्म छूट सुविधा पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयर प्रालिका मार्केटिङ सेल्स रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : September 4, 2024 at 4:50 pm