२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नयाँ कलाकारकाे खाेजीमा याेगदान दिने पत्रकार किरण अधिकारी सम्मानित

३ पुस, काठमाडौँ । बिगत लामो समयदेखि मोफसलमा रहेर पनि नेपाली कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नयाँ कलाकारको खोजी गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित भएका छन् ।

पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् । फेस्टिभल उद्घाटनको अबसरमा आयोजित बिशेस समारोहमा गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको छ ।साथै मोफसलमा रहेर पनि नेपालि पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो ।

पत्रकार अधिकारी सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अधय्क्ष समेत रहेका छन् ।

प्रकाशित मिति : 10:52