१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नीतिगत सुधारमा सरकार प्रतिबद्ध छ: अर्थमन्त्री पौडेल

१८ भदाै, काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी बनाउन र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्रीले सतर्कतापूर्वक सरकारले लिइएको ऋणलाई उत्पादन तथा उत्पाकत्व वृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने पनि बताउनुभएको हो ।

अर्थमन्त्रीले नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी-इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा समेत वाहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : September 3, 2024 at 1:36 pm