पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन
३ पुस, काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । पूर्व प्रधानमन्त्री गिरीको ९३ वर्षको उमेरमा अाफ्नो निवासमै मंगलबार बिहान निधन भएको हो । कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्व. गिरीकी श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन् ।

गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए ।
राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।उनी नेपालमा “पन्चायत ब्यबस्थाको जननी” मनिन्छन्| र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्| उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन् |
प्रकाशित मिति : 08:16









