२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

आत्महत्या गर्न गएका छोराले गरे अामाको हत्या

२ पुस, दैलेख । दैलेखमा आत्महत्या गर्न खोजेको देखेर जोगाउन जाँदा एक महिलाको ज्यान गएको छ । नारायण नगरपालिका–३, भूर्तिकी ४७ वर्षीया पार्वती नेपालीलाई उनका छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालो हिर्काउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकैको सोयखोला भन्ने खोल्सामा नाम्लोले पासो लगाउन खोजेका छोरा बालारामलाई ‘त्यसो नगर्न रोइकराई’ गरिरहेकी आमालाई बालारामले मुक्का हानेर बेहोस बनाएको र दौडेर घरबाट कोदालो ल्याई टाउकोमा प्रहार गरेर आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ । बालारामले टाउकोमा कोदालो प्रहार गरेपछि आमा पार्वतीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरिसकेपछि बज्यै ७० वर्षीया जुवारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली, २४ वर्षीया कौशिला नेपालीलगायतका छिमेकीहरुलाई कुटपिट गर्ने उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । पार्वतीको हत्या गरेको कोदालोले बज्यै जुवारालाई बालारामले प्रहार गर्दा जुवाराको पनि टाउको फुटेको प्रहरीले जनाएको छ । जुवाराको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 18:32