काठमाडौँको टोखामा ६ महिनाकी गर्भवतीकाे घाँटी थिचेर साैताले गरिन हत्या
२ पुस, काठमाडौं । काठमाडौँको टोखामा ६ महिनाकी गर्भवतीकाे घाँटी थिचेर साैताले हत्या गरेकी छिन् । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा गएराति एक महिलाले सौताको हत्या गरेकी हुन् । उनले अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरूकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।

प्रहरीले हत्या आरोपमा उनीसहित उनकी बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र भदाको गर्लफ्रेण्ड रिता केसीलाई पक्राउ गरेको छ । उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत गरिने प्रहरीले जनाएकाे छ ।
मुगुमा रहेका श्रीमान धर्मराज शाही सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए । आफूमाथि सौता हालेको आवेग र खान लाउन नदिएपछि हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 18:03









