नेपाल इन्जिनियरिङ एसोसिएसनमा नेकपा समर्थित प्यानल विजयी
२ पुस, काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसिएसनको ३२ औँ कार्यसमितिका लागि भएको निर्वाचनमा नेकपा समर्थित वामपन्थी प्यानल विजयी भएको छ। प्रगतिशील प्यानलका अध्यक्ष त्रिरत्न बज्राचार्यले ३ सय भन्दा बढी मतले हिरेन्द्रमान प्रधानले नेतृत्व गरेको प्रजातन्त्रवादी प्यानललाई पराजित गरेका हुन्। यसैगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सबै केन्द्रीय सदस्यमा प्रगतिशील प्यानलले विजय हासिल गरेको छ।

३२ कार्यसमितिमध्ये वामपन्थी प्यानलले २४ औँ र २९ औँ गरी २ पटकमात्र अध्यक्ष लगायतका पदमा विजय हासिल गरेको थियो। एकाधपटक महासचिव लगायतका पदाधिकारीमा पनि प्रगतिशील पक्ष विजयी भएको थियो।
३२ पटक भएका निर्वाचनमध्ये ३० पटकको निर्वाचनमा गैरवामपन्थी पक्षका उम्मेदवारहरुले विजय हासिल गरेका थिए। प्रदेश स्तरीय कार्यसमितिमा भएको निर्वाचनमा पनि सुदुर पश्चिमबाहेक सबै प्रदेशमा वामपन्थी प्यानलले विजय हासिल गरेको छ।

प्रकाशित मिति : 17:36









