फन्ड सर्टेज भएकाे भन्दै इटालियन ठेकदार कम्पनीद्वारा मेलम्ची खानेपानी आयोजना छोडेको घोषणा
२ पुस, काठमाडौं । फन्ड सर्टेज भएकाे भन्दै इटालियन ठेकदार कम्पनीले मेलम्ची खानेपानी आयोजना छोडेको घोषणा गरेकाे छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ ।

आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर ठेकेदार कम्पनीका प्रतिनिधि आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।
प्रकाशित मिति : 17:08







