१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

काम छाेडेर भाग्न लागेका मेलम्ची खानेपानी आयोजनाका अाठ जना कर्मचारी ठमेलबाट पक्राउ

२ पुस, काठमाडौँ । काम छाेडेर भाग्न लागेका मेलम्ची खानेपानी आयोजनाका अाठ जना कर्मचारी ठमेलबाट पक्राउ परेका छन् । मेलम्ची खानेपानी आयोजनाका आयोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोसहित ८ कर्मचारी पक्राउ परेका हुन् । आयोजको जिम्मा लिएको इटालियन कम्पनीका कर्मचारीहरु क्रिसमसको अवसर पारेर भाग्न खोजेको भन्दै प्रहरीले काठमाडौँको ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो।

 

 

उनिहरूलार्इ  खानेपानी मन्त्रालयको निर्देशनपछि उनीहरुलाई पक्राउ गरिएको हाे । पक्राउ परेका सकैलाई मन्त्रालयको जिम्मा लगाइएको छ। पक्राउ परेका सबैको पासपोर्ट नियन्त्रणमा लिइएको छ । केही समयदेखि आयोजनाको जिम्मा लिएको ठेकेदार कम्पनीको आर्थिक अवस्था नाजुक बन्दा कर्मचारीहरु भाग्ने क्रम सुरु भएको हो।

पक्राउपछि प्रोजेक्ट म्यानेजर ग्रेचोले कम्पनी डुबेपछि देश फर्किन खोजेको प्रतिक्रिया दिएका छन्। उनिहरु सबै केही दिनदेखि आयोजनाको काम छाडेर काठमाडौँमा बस्दै आएको पनि प्रहरीले जनाएको छ। क्रिसमस मनाउने बहानामा आठ जानै कर्मचारीले पासपोर्ट तयार गर्नुका साथै हवाइ टिकट समेत काटिसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : December 17, 2018 at 4:53 pm