१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

शेयर लगानीकर्ताको आन्दोलनका कारण शेयर कारोबार प्रभावित

२ पुस, काठमाडाैँ । लगानीकर्ताको आन्दोलनका कारण शेयर बजार प्रभावित भएको छ । शेयरबजार लगातार ओरालो लाग्दा पनि सरकारले चासो नदिएको भन्दै सोमबारदेखि आमरण अनसन बस्ने घोषणा गर्दै शेयर लगानीकर्ताले कारोबार नगर्न लगानीकतालाई आग्रह गरेका थिए ।

त्यसकै प्रभावस्वरुप बजार खुलेको १ घण्टा हुँदा ८ लाख हाराहारीको मात्र कारोबार भएको छ । यसैबीच, शेयर बजारको अवस्था सुधार गर्न सरकारले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने भन्दै लगानीकर्ताहरु तिलक कोइराला र हरि ढकालले आमरण अनशन सुरू गरेका छन् ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १२:५६