२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

पाँचथरमा बम बिस्फोटमा परी दुई बालबालिकाको निधन, दुई घाइते

१४ भदौ, पाँचथर । पाँचथरमा बम बिस्फोटमा परी दुई बालबालिकाको निधन भएको छ । बिहीबार दिउँसो पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको निधन भएको हो ।

पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारीले स्थानीय दिलिप साँवाको एक छोरी र एक छोराको निधन भएको जानकारी दिनुभयो । उहाँका अनुसार सँवाको अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको बिस्फोटमा मृत्यु भएको छ ।

आइतराज केरुङको घरमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । दिलिपको परिवार सोही घरमा बस्दै आएको थियो ।  बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । बम बिस्फोटमा अन्य दुई जना घाइते भएका छन । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बिस्फोट कसरी भयो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्को पनि शंकास्पद वस्तु भेटिएपछि अहिले उक्त क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय बनाउने प्रयास गर्दैछ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार ०९:२९