१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

काभ्रेकाे बेथानचोकमा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयको अाैपचारिक सुरूवात

२ पुस, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतवार काभ्रे जिल्लाको बेथानचोकस्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको  औपचारिक समुद्घाटन गरे । उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार ११:११