१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

किशोरी बलात्कार गरी हत्या गर्ने तीन अभियुक्तलाई ३२ वर्ष जेल

२ पुस, सुर्खेत । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकायाको बलात्कार गरी हत्या गर्ने तीन अभियुक्तलाई जिल्ला अदालत सुर्खेत ३२ वर्ष जेल सजाय तोकेको छ। पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो।

उनहरु तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिए। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले सो फैसला सुनाएको हो । मृतकका हकवालालाई एक लाख क्षतिपूर्ति दिन पनि अदालतले निर्देशन दिएको छ।

सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट ०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर गएको बेला उनको बलात्कार गरी हत्या भएको हो।

प्रकाशित मिति : December 17, 2018 at 10:45 am