६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

लगातार दोस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

१३ भदौ, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

आज सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

बिहीबार भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले  घटेर प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : August 29, 2024 at 11:23 am