२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा नारायण काफ्ले

१ पुस, काठमाडाैँ । गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको अाइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन ।

अघिवेशनबाट सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन । दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध  भएका हुन भने अन्य पदमा नेकपा समर्थित पत्रकारहरूको समूह र व्यवसायिक भनिएको पत्रकारको समूहको बीचमा मतदान भएको थियो ।

नेकपा निकटका पत्रकारहरूको तर्फबाट कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका नरेन्द्र साउदले अध्यक्षमा प्रतिस्पर्धा गरेपनि १५ मतले पराजित भए ।

प्रकाशित मिति : 23:39