मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय
११ भदौ, काठमाडौँ । डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्णय गरेको छ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको हो ।
रास्वपाले ढकाललाई दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो।
ढकालले जिल्ला-जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित भइ पार्टीमा प्रतिवेदन पेस गर्नुभएको थियो । सभापति लामिछाने माथि पनि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाउनुभएको थियो । त्यसपछि रास्वपाले ढकालमाथि स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो।
प्रकाशित मिति : August 27, 2024 at 12:15 pm









