मंगलबार सुनको भाउ स्थिर, चाँदी बढ्यो
११ भदौ, काठमाडौँ । साताको तेस्रो बारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने १० रूपैयाँले बढेर प्रतितोला १८ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : August 27, 2024 at 11:03 am









