१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अनुशासन हुँदैन भने पार्टी धराशायी हुन्छ: परराष्ट्रमन्त्री राणा

७ भदाै, काठमाडौँ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै परराष्ट्रमन्त्री आरजु देउवा राणाले पार्टीभित्र अनुशासन कायम गर्न जोड दिनुभएकी छिन् ।

‘कुनै पनि ठाउँमा अनुशासनबिना पार्टी अघि बढ्न सक्दैन’, अनुशासन हुँदैन भने पार्टी धराशायी हुन्छ र कांग्रेस पार्टी नै अघि बढ्न सक्दैन’, परराष्ट्रमन्त्रीले भन्नुभयाे ।

परराष्ट्रमन्त्रीले पार्टीभित्र अन्तरघात हाबी रहेको उल्लेख गर्दै गत निर्वाचनमा अन्तरघातले गर्दा नै कम सिट जितिएको जिकिर गर्नुभयाे ।

त्यस्तै, वाहाँले पार्टीमा महिलाहरु सहभागितामा जोड दिँदै पदाधिकारीमा पनि पर्याप्त स्थान दिनुपर्ने बताउनुभयाे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १४:४७